अल्पाईन स्पोटर्सको साधारणसभा अल्पाईन क्षेत्रमा

अल्पाईन स्पोटर्सको साधारणसभा अल्पाईन क्षेत्रमा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाईन स्पोटर्स फेडेरेसनको पाँचौं वार्षिक साधारणसभा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा सम्पन्न भएको छ । अल्पाईन, विन्टर, पर्वतिय, साहसिक तथा पर्यटकिय खेलकुद मार्फत दिगो पर्यटन प्रबद्र्धनमा प्रतिबद्ध महासंघले समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा यही जेठ १५ र १६ मा साधारणसभा सम्पन्न गरेको हो ।
सभामा केन्द्रीय कार्यसमिति, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिमप्रदेश महासंघ, विज्ञ प्राविधिक तथा व्यवसायिक क्षेत्र समेतबाट मनोनयन भएका ५ जना समेत गरि ३१ जना प्रतिनिधि मध्ये २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
साधारणसभाले निष्कृय पदाधिकारीको विदाई तथा केही पदमा मनोनयन र जिम्मेवारीमा समेत हेरफेर गरेको छ भने महासंघको नियमित कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उमेश केसी चौलागाईंलाई जनरल म्यानेजर नियुक्त गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले प्रगति र आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना प्रस्ताव र बजेट तथा विभिन्न विशेष प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारणसभाले अडिटर नियुक्ति, पदाधिकारीहरुको विषयगत जिम्मेवारी तथा राष्ट्रिय अन्र्तराष्ट्रिय आवद्धता, सहकार्य तथा एकता सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ । साधारणसभामा बिगु गाउँपालिकाका अध्यक्ष संजीव ओली, कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, विभिन्न खेलका प्राविधिक, खेलप्रेमी तथा विज्ञ र व्यवसायिक व्यक्तित्व गरि ४३ जनाको सहभागीता रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।