धार्मिक सम्पदा संरक्षणमा बुढानिलकण्ठको नविन प्रयास : मासु र मदिरा विक्री वितरण रोक्न निर्देशन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।
बुढानीलकण्ठ नगरपालिकाले धार्मिक स्थल तथा मठमन्दिर वरपर मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले २०५६ सालको स्थानीय प्रशासन ऐन तथा प्रचलित कानुनी व्यवस्था अनुसार धार्मिक आस्था र सामाजिक मर्यादालाई ध्यानमा राख्दै यस्तो निर्देशन दिएको जनाएको छ।
नगरपालिकाद्वारा जारी सूचनामा बुढानीलकण्ठ क्षेत्रभित्र रहेका धार्मिक स्थल तथा मठमन्दिरको ३ सय मिटर क्षेत्रभित्र मदिरा तथा मादक पदार्थ बिक्री वितरण नगर्न आग्रह गरिएको छ। साथै नियम विपरीत कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
सुचना :
तपाइँको प्रतिक्रिया ।

