डा. शक्ति नेपालद्वारा लिखित चेतनकक्ष उपन्यासको रोचक कथा र समीक्षा
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ४
एउटा plot सिर्जनाकाे प्रयासका रूपमा निर्मित “चेतनकक्ष” उपन्यासलाई प्रज्ञा भवन कमलादीमा सार्वजनिक गरी अन्तरक्रिया कार्यक्रममार्फत लाेकार्पण गरियाे ।
त्यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, विशिष्ट अतिथिका रूपमा प्राडा जगत् प्रसाद उपाध्याय प्रेक्षित, प्राडा हेमनाथ पाैडेल, प्राडा ऋषिराम शर्मा, प्राडा नारायणप्रसाद गड्ताैला, प्राडा खगेन्द्रप्रसाद लुइटेल, साहित्यकार विसुकुमार केसीलगायत विशिष्ट व्यक्तित्वकाे उपस्थिति रहेकाे थियाे ।
त्यस कार्यक्रममा वक्ताका रूपमा डा. उमेश काफ्ले, महेश कार्की क्षितिज, उषा आाचार्य, आचार्य विनयीले उपन्यासलाई अन्तरक्रियात्मक बनाउनुभएकाे थियाे। पिएचडी स्काेलर राजिन पनेरुद्वारा सञ्चालन गरिएकाे उक्त कार्यक्रममा अधिवक्ता सराेजकुमार गिरीले स्वागत मन्तव्यबाट सबै महानुभावहरूलाई स्वागत गरेका थिए।
कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्दै उपन्यासकार शक्ति नेपालले मानवमा हराउँदै गएकाे संवेदना, अलमलिएकाे मानवता, गुमेकाे आत्मनियन्त्रण, बढ्दाे आशक्तिले चेतनशून्य अवस्था सिर्जित छ, त्यसका लागि चेतना निर्माण र आत्मबाेध आवश्यक छ भन्ने कुरामा जाेड दिएका थिए।
त्यसलाई प्रस्ट पार्दै नैतिक शिक्षा, संवेगात्मक शिक्षा र आत्मसंयमलाई आजकाे मानव जातिकाे आवश्यक पक्षका रूपमा मुख्य समीक्षक प्राडा हेमनाथ पाैडेल र सबै वक्ताले जाेड दिएका थिए। उनका साथमा डा. नवराज लम्साल, डा. नीलम कार्की निहारिका, नारायण नेपाल, उषा आचार्य र आरपि गजुरेलकाे समीक्षा समेटिएकाे थियाे।
कलात्मक शैलीमा कार्यक्रम सञ्चालन गर्दै राजिन पनेरुले पनि मानिसमा हराउँदै गएकाे संयमताका लागि चेतनकक्षकाे अनुभूत आवश्यक रहेकाे बताए । त्यस कार्यक्रममा विभिन्न क्याम्पसका प्रमुख, स्कुलका प्रिन्सिपल, सहायक प्रिन्सिपल, निर्देशक, प्राध्यापक, पत्रकार, विद्यार्थी, सामाजिक अभियन्ता तथा साहित्यानुरागीहरूकाे उपस्थिति थियाे ।
प्राडा शैलेन्दुप्रकाश नेपाल, समीक्षक नारायण नेपाल, आरपि गजुरेल, टङ्कमणि पाैडेल, गणेश बास्ताेला, कृष्ण खत्री, गुरु पाैडेल, रश्मी सिग्देल, युवराज कार्कीलगायतले पाठक प्रश्नका रूपमा माैखिक तथा लिखित प्रश्न गरेका थिए ।
उपन्यासकार नेपालले उठाएकाे सन्दर्भले समकालीन समाजका मानिसकाे संयमता विकासका लागि काेशेढुङ्गाका रूपमा सावित भएकाे प्रतिक्रिया प्राप्त गर्याे । त्यस्तैगरी कार्यक्रममा उपस्थित सबै व्यक्तित्वकाे याेगदान स्तुत्य रहेकाे र उपन्यासले व्यक्तिलाई आत्मसंयम हुन, बाहिरी आकर्षणप्रति आशक्ति त्याग्न र स्व- विकास र प्राप्तिका लागि चेतनाकाे बाेध गर्नका लागि साेच्न बाध्य बनाउने प्रतिक्रिया प्राप्त भएकाे छ ।
