कपन क्याम्पसका विद्यार्थीलाई Job Placement को अवसर,रोजगारदाता संग सम्झौता
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २।
कपन बहुमुखी क्याम्पस र रोजगारदाता संस्था विच Job Placement को लागि सम्झौता भएको छ। विद्यार्थीलाई अध्ययनसँगै रोजगारी तथा व्यावसायिक अवसर प्रदान गर्ने उद्देश्यले बैंकिङ्ग , शिक्षा , सुचना प्रविधि लगायतका क्षेत्रमा स्थापित रोजगारदाता कम्पनीहरु संग क्याम्पसले सम्झौता गरेको हो ।
सम्झौतापछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले इन्टर्नसिप, तालिम, सीप विकास तथा रोजगारीका अवसर प्राप्त गर्ने छन ।
कार्यक्रममा क्याम्पस प्रशासन र रोजगारदाता संस्थाका प्रतिनिधिहरूले शिक्षालाई व्यवहारिक तथा रोजगारमुखी बनाउन सहकार्य आवश्यक रहेको बताएका थिए।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, क्याम्पसका कार्यकारी उपाध्यक्ष प्रा डा कमल गौतम, संचालक समिति सदस्यहरु, विभिन्न रोजगारदाता कम्पनिका प्रतिनिधि, क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा क्याम्पस प्रमुख भुमिदत्त पौडेलले स्वागत मन्तव्य राखेका थिए।
तपाइँको प्रतिक्रिया ।
