काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाद्वारा जारी अत्यन्त जरुरी सूचना अनुसार छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट तथा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
सूचनाअनुसार अनलाइन आवेदन फाराम भर्ने कार्य २०८३ जेठ ९ गते बिहान १०:०० बजेदेखि सुरु हुनेछ भने आवेदन दिने अन्तिम मिति २०८३ जेठ २० गते राति ११:५९ बजेसम्म तोकिएको छ। यस्तै, प्रवेशपत्र डाउनलोड गर्ने व्यवस्था २०८३ जेठ २१ गते बिहान १०:०० बजेदेखि खुला गरिने जनाइएको छ।
महानगरपालिकाले परीक्षा सम्बन्धी विषय तथा क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न रहने जनाएको छ।
