काठमाडौँ महानगरपालिकाका चार विद्यालयको SEE मा सत प्रतिसत नतिजा, कुन कुन छन ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २९।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय वहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । परीक्षामा सहभागी ४ हजार १६७ जना विद्यार्थीमध्ये ४ जीपीए प्राप्त गर्ने २८ जना विद्यार्थी छन् । उनीहरुमध्ये ज्ञानोदय माध्यमिक विद्यालयका २१ जना, तरुण मा. वि. का १ जना, शिवपुरी मा. वि. का १ जना, विश्व निकेतन मा. वि. का ३ जना र रत्नराज्य मा. वि. का २ जना विद्यार्थी छन् । गएको वर्ष १७ जनाले ४ जीपीए प्राप्त गरेका थिए ।
गएको वर्ष ४ हजार ८५ जना परीक्षार्थीमध्ये ३ हजार १०९ जना (७६.०८ प्रतिशत) ग्रेडेड थिए । यस वर्ष ८२ जना वढी विद्यार्थी परीक्षामा सहभागी भए । गएको वर्षभन्दा यो वर्ष ०.६७ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएका हुन् । उनीहरुमध्ये ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५४३ जना छ । ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार १५३ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४६९ जना, २.० देखि २.४ जीपीए ल्याउने १४ जना छन् । यसमा गएको वर्ष क्रमशः ७७४ जना, १ हजार १५६ जना, ९०२ जना, २४६ जना र १४ जना थियो । यो नतिजा हेर्दा यसरी हेर्दा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको र तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ । यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो ।
गएको वर्ष ९७६ जना नटग्रेडेड थिए । यस वर्ष ९६९ जना नटग्रेडेड छन् ।
तपाइँको प्रतिक्रिया ।