सीमाङ्कन हेरफेर हँुदैन ः नेता नेपाल

दैलेख, १ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) नेता माधवकुमार नेपालले सीमाङ्कन हेरफेर नहुने बताउनुभएको छ ।

पे्रस चौतारी दैलेखले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सिङ्गो तराई एक प्रदेश हुनै नसक्ने भन्दै आन्दोलनरत मधेशवादी दललाई लचिलो भएर राजनीतिक सहमति र संवैधानिक प्रक्रियामा आएर समाधान खोज्न आग्रह गर्नुभयो ।

वर्तमान सरकार मधेस आन्दोलनलाई सम्बोधन गर्न अझ गम्भीर हुनुपर्ने बताउँदै नेता नेपालले मधेसमा संविधानबारे अफवाह फैलाइएकाले विभिन्न भाषाभाषीमा संविधान छापेर मधेसी जनतालाई अध्ययन गर्न दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएकोमा भारतले अघोषित नाकाबन्दी गरेर दण्ड दिएको बताउँदै सरकारले नाकाबन्दीको वैकल्पिक व्यवस्था गरेकाले धैर्य हुन जनतालाई आग्रह गर्नुभयो ।

तपाइँको प्रतिक्रिया ।