बुढानिलकण्ठमा SEE दिएर बसेका विद्यार्थीहरुलाई “वृत्ति पहिचान कार्यक्रम”

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

बुढानीलकण्ठ नगरपालिकाले पाँचौँ रोजगार तथा वृत्ति मेलाको अवसरमा २०८१ फागुन २ गते स्थापना गरेको “वृत्ति मार्गदर्शन इकाई” मार्फत  SEE परीक्षा दिई बसेका विद्यार्थीहरूलाई सहभागी गराई “वृत्ति पहिचान कार्यक्रम” सञ्चालन गरिरहेको छ।
नगरपालिकामा संचालित विद्यालयबाट SEE परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई निरन्तर सो कार्यक्रम हरेक शुक्रबार संचालन हुने शिक्षा युवा तथा खेलकुद महाशाखाले जानकारी दिएको छ।
यसैक्रममा आज मञ्जरी मा.वि. बाट SEE दिई बसेका ३१ जना विद्यार्थीहरूलाई वृत्ति पहिचान तथा करिअर परामर्श प्रदान गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूको रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार उपयुक्त अध्ययन तथा पेशागत मार्गदर्शन प्रदान गरिएको थियो।
कार्यक्रम पश्चात सहभागी विद्यार्थीहरूलाई वृत्ति पहिचान प्रमाणपत्र समेत प्रदान गरिएको छ।
तपाइँको प्रतिक्रिया ।