बुढानिलकण्ठ – १० नगर अस्पताल क्षेत्रबाट लागू औषध (खैरो हिरोइन) सहित एक जना पक्राउ

बुढानिलकण्ठ – १० नगर अस्पताल क्षेत्रबाट लागू औषध (खैरो हिरोइन) सहित एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,चैत २७।

बुढानिलकण्ठ नगरपालिका  वडा नं १० नगर अस्पताल क्षेत्रबाट लागू औषध (खैरो हिरोइन) सहित एक जना पक्राउ परेका छन।

सो  लागू औषध कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा खटि गएको प्रहरी टोलीले मिजिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं.१० घर भई जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.१० नगर अस्पताल नजिक रामचन्द्र पुरी बस्ने डेरा कोठाको रितपुर्वक  खानतलासी गर्दा लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ र नगद नेपाली रुपैँया सहित पक्राउ गरेको हो।

उनलाई  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको छ।

तपाइँको प्रतिक्रिया ।