एमालेका पुराना नेता पाण्डेको निधन

काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले)का पुराना नेता ईश्वरीप्रसाद पाण्डेको आज उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ ।

एमाले नवलपरासी जिल्ला कमिटीका पूर्व पार्टी प्रमुख (सचिव) तथा जिविसका पूर्व सभापति ७३ वर्षीय पाण्डे पञ्चायतकालमा पार्टीका नेताहरूलाई ‘सेल्टर’ दिने नेतासमेत हुनुहुन्छ । मिर्गौला रोगबाट पीडित उहाँको डायलायसिसका क्रममा निधन भएको हो । उहाँले पार्टी जिल्ला कमिटीमा तीन कार्यकालसम्म सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले उहाँको पार्थिव शरीरमा दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय, धुम्रबाराहीमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । त्यसपछि पार्थिव शरीर अन्त्येष्टिका लागि गृह जिल्ला पठाइनेछ ।

पाण्डेका श्रीमती, तीन छोरी र एक छोरी छन् ।

तपाइँको प्रतिक्रिया ।