एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
कपन अनलाइन
काठमाण्डौ ,चैत १९।
हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार प्लेबक्स एरेना र कीर्तिपुर विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा प्लेबक्सले रोएललाई ८८-७२ ले पराजित गरेको हो ।प्लेबक्सले रोएल विरुद्ध १९-१०, २४-२०, २०-१७, २५-२५ को प्रदर्शन गर्यो ।प्लेबक्सका आङ फुर्बा शेर्पा म्यान अफ दि म्याच घोषित भए । प्लेबक्सका पुस्कल छन्त्याल ३२ अंक जोडे ।
दोस्रो जित हात पारेको प्लेबक्स १२ खेलबाट १४ अंकसहित छैटाैँ स्थानमा छ । ११ औ हार बेहोरेको रोएललको १३ अंक छ ।
यस्तै बुधबार राती सम्पन्न खेलमा कीर्तिपुरले सोलो बास्केटबल क्लबलाई ८८-६७ ले हरायो ।
कीर्तिपुरका ईनाम महर्जन म्यान अफ दप म्याच घोषित भए ।कीर्तिपुरको यो तेस्रो जित हो । १२ खेलबाट १५ अंक जोडेको कीर्तिपुर पाँचाै स्थानमा छ ।नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
