लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ,चैत ११।
भक्तपुरको सुर्यविनायक नगरपालिका ८ जगातीमा आज गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा १ जना मिनि बस चालक रहेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी वृत्त जगाती भक्तपुरको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा १ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका चालकलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती पठाइएको छ ।
तपाइँको प्रतिक्रिया ।
