निर्वाचित भएदेखि सेवा सुविधा जनतामा अर्पण गरेका अध्यक्ष श्रेष्ठले मन्दिर निर्माणका लागि दिए १ लाख १ हजार ११३

निर्वाचित भएदेखि सेवा सुविधा जनतामा अर्पण गरेका अध्यक्ष श्रेष्ठले मन्दिर निर्माणका लागि दिए १ लाख १ हजार ११३

कपन अनलाइन

काठमाण्डौ,चैत ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) ले शिव मन्दिर निर्माणका लागि १ लाख १ हजार ११३  रुपैया अर्पण गरेका छन।

वडा नं १३ को कौडोलमा निर्माण गर्न लागिएको शिव मन्दिरका लागि सो रकम हस्तान्तरण गर्दै अन्य सहयोग गर्ने  महानुभावहरुलाई पनि धन्यवाद ज्ञापन गरेका थिए।

करिव ५० लाखको लागतमा बन्न लागेको उक्त मन्दिर निर्माणका लागि अध्यक्ष श्रेष्ठले गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताउदै निर्माण उपभोक्ता समितिकी सदस्य गायत्री खत्रीले सहयोगका लागि अरुलाई पनि अनुरोध गरेकी छन।

वडा नं १३ को अध्यक्षमा निर्वाचित भए संगै आफुले पाउने सेवा सुविधा सबै जनताको हितमा समर्पण गर्ने घोषणा गर्दै त्यसलाई लागु गरेका अध्यक्ष श्रेष्ठले  सो वडाको संस्कृति,प्रकृति र सामाजिक विकासमा प्रभावकारी काम गरेका छन।

बुढानिलकण्ठमा रहेका १३ वडा मध्य भौतिक पूर्वाधार र सामाजिक तथा रचनात्मक विकासमा अग्रणी रुपमा काम गरेका उनले आफ्नो सुवोध बापत आउने रकमलाई विभिन्न सामाजिक तथा जनहितका काममा लगाउदै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।