बुढानिलकण्ठ वडा नं. ७ मा सुशी तथा फास्ट फुड तालिम सञ्चालन हुने

बुढानिलकण्ठ वडा नं. ७ मा सुशी तथा फास्ट फुड तालिम सञ्चालन हुने

कपन अनलाइन

काठमाण्डौ,चैत ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ७, काठमाडौंले सुशी तथा फास्ट फुड सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार स्थानीय महिलाहरूलाई लक्षित गर्दै उक्त तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

सूचनामा उल्लेख भएअनुसार वडा नं. ७ भित्र स्थायी बसोबास गर्ने इच्छुक महिलाहरूले आवश्यक कागजातसहित तोकिएको मितिभित्र वडा कार्यालयमा निवेदन पेश गर्न सक्नेछन्। तालिममा सहभागी हुन नेपाली नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

वडाले विशेष गरी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई प्राथमिकता दिइने जनाएको छ। यस कार्यक्रममार्फत महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य राखिएको छ।

तपाइँको प्रतिक्रिया ।