बुढानीलकण्ठ नगरपालिकाद्वारा ग्यास डिपोहरूको अनुगमन
कपन अनलाइन
काठमाण्डौ,चैत ६।
बुढानीलकण्ठ नगरपालिकाले विभिन्न ग्यास डिपोहरूमा अनुगमन गरेको छ।
हाल देखिएको ग्यास अभावका कारण सम्भावित कालाबजारी नियन्त्रण गर्न तथा उपभोक्ताको सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले विभिन्न ग्यास डिपोहरूमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा बजारमा उपलब्ध ग्यासको गुणस्तर, तौल तथा मूल्यमा पारदर्शिता कायम गर्न विशेष ध्यान दिइएको छ भने मापदण्ड विपरीत गतिविधि नगर्न सम्बन्धित व्यवसायीहरूलाई निर्देशन समेत दिइएको छ।
तपाइँको प्रतिक्रिया ।
