सेक्सी देखीन टपलेस हुनुपर्छ भन्ने छैन्: नायीका बिनिता बराल
चपली हाइटबाट एकाएक चर्चामा आएकी नायीका बिनिता बराललाई अब भने चपली हाइटको जस्तो सेक्सी भूमिकामा नदेखिने भएको छ । उनले यस्तो भूमिकालाई नयाँ चलचित्र फुलस्टपबाट फुलस्टप लगाउने बताएकी छिन् ।
दैनिक पत्रिका कान्तिपुरलाई छोटो अन्तरवार्ता दिँदै उनले आफूले अब चपली हाइटको जस्तो ग्यामरस भूमिकामा काम नगर्ने बताउँदै आफूलाई शरिर देखाएर हिट भएको भनेर लागेको आरोप मेटाउन पनि आफूले नयाँ चलचित्रमा सामान्य लुकअपमा देखिएको बताएकी छिन् । उनले आफूलाई सेक्सी मात्र नभई भर्साटाइल नायीका हो भनेर देखाउन चाहेको बताइन् ।
उनले आपूले कपडा खोलेकै आधारमा फिल्म खेल्न पाएको नभई अभिनय पनि राम्रो गरेकाले फिल्म पाएको बताएकी छिन् । उनले आफूले अभिनय गरिरहेको नयाँ चलचित्रमा आफ्नो भूमिकाबारे बोल्दै आफूलाई उक्त फिल्ममा बिनिता नभई उक्त फिल्मको पात्र प्राशुको भूमिकामा देखिन खोजेको बताएकी छिन् । उनले उक्त चलचित्रमा आफू सामान्य पहिरनमा देखिएको भन्दै आफूलाई कुर्ता र साडीमा पनि सेक्सी देखिने बताइएन् । यसैक्रममा उनले सेक्सी देखिनको लागी वा कसैलाई आकर्षित गर्न सर्ट, स्कर्ट वा बिकिनी नै लगाउनुपर्छ वा टपलेस नै हुनुपर्छ भन्ने आफूलाई नलाग्ने पनि बताइन् । उनी अहिले पहिलो चलचित्रमा भएका गल्तीहरू नदोहोर्याउने पक्षमा रहेको बताएकी छिन् ।
नयाँ दुई फिल्मको लागी अनुबन्धित भैसकेको बताउने उनले आउँदो नयाँ चलचित्रबाट कतिको चर्चा पाउने हुन् त्यो भने हेर्न बाकीँ नै छ ।
तपाइँको प्रतिक्रिया ।