काठमाण्डौ क्षेत्र नं ७ मा रास्वपाका गणेश पराजुली विजयी, कसले कति मत ल्याए ?
कपन अनलाइन
काठमाडौं, फागुन २३।
काठमाण्डौ क्षेत्र नं ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन। फागुन २१ गते भएको निर्वाचनमा पराजुलीले २७८०५ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रमोदहरी गुरागाईले ३९८२ मत पाएका छन भने नेपाली कम्युनिस्ट पार्टीका बसन्त मानन्धरले ३३६७ र नेकपा एमालेका प्रकाश श्रेष्ठले ३५४४ मत पाएका छन।
तपाइँको प्रतिक्रिया ।
