काठमाण्डौ क्षेत्र नं ४ र ५ मा राप्रपाका प्रभावशाली उम्मेदवार :डा. सुरेन्द्र भण्डारी र कमल थापाले चुनावी नतिजामा प्रभाव पार्लान ?

काठमाण्डौ क्षेत्र नं ४ र ५ मा राप्रपाका प्रभावशाली उम्मेदवार :डा. सुरेन्द्र भण्डारी र कमल थापाले चुनावी नतिजामा प्रभाव पार्लान ?

कपन अनलाइन

काठमाण्डौ ,फागुन ११।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै काठमाण्डौ क्षेत्र नं ४ र ५ मा चुनावी सरगर्मी बढ्दो छ। यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई प्रभावशाली अनुहार कमल थापाडा. सुरेन्द्र भण्डारी चुनावी मैदानमा उत्रिएसँगै चुनावी समीकरण रोचक बनेको छ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका कमल थापा राष्ट्रिय राजनीतिमा स्थापित व्यक्तित्व हुन्। हिन्दुराष्ट्र र राजसंस्था पक्षधर एजेन्डा बोकेर लामो समयदेखि राजनीति गर्दै आएका थापाको शहरी क्षेत्रमा निश्चित मतदाता आधार रहेको मानिन्छ।
विशेषगरी परम्परावादी मतदाताको समर्थन र व्यक्तिगत छविका कारण उनी “निर्णायक मत काट्ने” भूमिकामा देखिन सक्ने आकलन गरिएको छ।

कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको काठमाण्डौ क्षेत्र नं ५ मा  राप्रपाको मत प्रतिशतले ठूला दलहरूको जित–हारमा प्रभाव पार्न सक्छ। २०७४ र २०७९ शालको निर्वाचनमा राप्रपाको धेरै मत एमाले र कांग्रेसको पक्षमा जादा नतिजा प्रभावित बनेको अवस्थालाई हेर्ने हो भने यस पटक सो मत हलो मै जादा यसले आसन्न निर्वाचनको नतिजामा प्रभाव पार्न सक्ने देखिन्छ।

त्यस्तै  कानुनविद् तथा बौद्धिक छवि बनाएका डा. सुरेन्द्र भण्डारी पनि राप्रपाका प्रभावशाली नेता हुन्। संवैधानिक मुद्दामा स्पष्ट धार राख्ने नेताका रूपमा परिचित भण्डारीले शिक्षित र मध्यमवर्गीय मतदातामाझ प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन्।
काठमाण्डौ–४  परम्परागत रूपमा प्रतिस्पर्धात्मक क्षेत्र भएकाले राप्रपाको मत वृद्धि भएमा चुनावी परिणाममा अप्रत्याशित मोड आउन सक्ने देखिन्छ।

विशेषत् MCC को मुद्दामा निकै स्पस्ट अडान र मुद्दा राखेका भण्डारीले अहिले काठमाण्डौ क्षेत्र नं ४ का बौद्धिक वर्गमा निकै सकारात्मक प्रभाव पारिरहेको चर्चा चलिरहेको अवस्थामा यसले निर्वाचनको नतिजामा प्रभाव पार्न सक्ने देखिएको छ।

विश्लेषकहरूका अनुसार  यी दुई उम्मेदवारको मत हिस्साले मुख्य प्रतिस्पर्धी दलहरूबीचको अन्तर घटाउन वा बढाउन सक्नेछन । २०७९ शालको निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ  काठमाण्डौ क्षेत्र नं ४ मा ४०५० मत र क्षेत्र नं ५ मा ३१६२ मत प्राप्त गरेको थियो।

तपाइँको प्रतिक्रिया ।