बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुललाई विभिन्न प्रतियोगिताहरुमा सफलता
कपन अनलाइन
काठमाण्डौ ,फागुन ११।
नेसा अन्तर्गतका सदस्य विद्यालयहरु बिच भएको अन्तर –विद्यालय चेस प्रतियोगितामा बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलका प्रतिस्पर्धीहरुले उक्त प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्न सफल भई ऐतिहासिक उपाधि हासिल गरेका छन् ।
उक्त प्रतियोगितामा सिनियर छात्र आशिष तामाङ र छात्रा जास्मिन गुरुङले प्रथम स्थान हासिल गर्नका साथै जुनियर छात्र आमोस तामाङ प्रथम र छात्रा हृदिमा तामाङले द्धितीय स्थान हासिल गरि सम्पूर्ण प्रतियोगिहरुको उपाधिले नेसा चेस प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन ।
यसै क्रममा, फाल्गुन २ र ३ गते स्वप्न वाटिका मा.वि. काठमाण्डौ –१० ले आयोजना गरेको के.भि.एस. अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा पनि यसै विद्यालयका छात्रा समूह द्धितीय स्थान हासिल गर्न सफल भएको छ ।
विद्यालयले गुणस्तरीय शिक्षालाई मात्र जोड नदिइ विद्यार्थीहरुको नेतृत्व तथा चौतर्फी विकासका लागि आवश्यक अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदै आइरहेकोले यो सफलता हात परेको कुरा विद्यालयका प्रिन्सिपल ललित शर्माले बताएका छन ।
तपाइँको प्रतिक्रिया ।
