काठमाडौं–५ मा ईश्वर पोखरेललाई वरिष्ठ कलाकार सुरवीर पण्डित (दाह्री बा) को दरिलो साथ
कपन अनलाइन
काठमाडौं, फागुन ९ ।
काठमाडौं क्षेत्र नं. ५ मा एमाले नेता ईश्वर पोखरेल लाई वरिष्ठ कलाकार सुरवीर पण्डित (दाह्री बा) ले सार्वजनिक रूपमा साथ दिएका छन्।
पोखरेलको चुनावी घरदैलोमा सक्रिय सहभागी भएका कलाकार पण्डितले देशको स्थिरता, विकास र राष्ट्रियताको पक्षमा आफू सधैं उभिने बताउँदै पोखरेलजस्ता अनुभवी नेताको आवश्यकता अहिलेको परिस्थितिमा झन् बढी रहेको धारणा व्यक्त गरे। उनले भने, “देशले अनुभवी र स्पष्ट दृष्टिकोण भएका नेतृत्व खोजिरहेको छ, त्यसका लागि ईश्वर पोखरेल उपयुक्त पात्र हुनुहुन्छ।”
सो अवसरमा बोल्दै पोखरेलले कलाकार तथा बुद्धिजीवी वर्गको समर्थनले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले काठमाडौं–५ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सारिने उल्लेख गरे।
राजनीतिक विश्लेषकहरूका अनुसार कलाकार पण्डितको समर्थनले युवा तथा सांस्कृतिक क्षेत्रसँग पोखरेलको सम्बन्ध अझ मजबुत हुने विश्वास गरिएको छ। यस घटनाले काठमाडौं–५ को राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको चर्चा पनि सुरु भएको चर्चा चलेको छ।
