फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको तीनै टोली सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जुनियर गल्र्सको २ र जुनियर ब्वाइजको १ टिम सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले जेबी स्कुललाई २४–१८ ले पराजित ग¥यो । विजयी टिमका लागि सन्दिपा राईले ७ स्कोर गरिन् । फेरिल्यान्ड ‘बी’ ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९–१५ ले हरायो । विजेताकी सायाना माझीले ६ अंक जोडिन् ।
जुनियर गल्र्समै न्युटनले हिमशिलालाई २०–१६ तथा भ्याली पब्लिकले क्यान्भास बसन्त ऋतुलाई २१–१५ ले पाखा लगायो । न्युटनकी खान्डु शेर्पाले ६ तथा भ्याली पब्लिककी सोनी तामाङले ९ अंक जोडे । सेमिफाइनलमा न्युटनको भेट फेरिल्यान्ड ‘ए’ संग हुनेछ भने फेरिल्यान्ड ‘बी’ ले भ्याली पब्लिकको सामना गर्ने छ ।
जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएनएलाई १९–१५ ले पन्छायो । फेरिल्यान्डका राहुल मग्रातीले ६ स्कोर गरे । अन्य क्वाटरफाइनलमा ज्ञानभूमिले भक्तिलाई २७–२०, जेबी स्कुलले गोल्डेनपिकलाई १८–१६ र एन्जल्स हार्टले हिमशिलालाई २६–२२ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए । ज्ञानभूमिका युनिश पण्डितले ७, जेबीका दर्शनले ८ र एन्जल्स हार्टका सौरव श्रेष्ठले ६ अंक जोडे । क्वाटरफाइनल फेरिल्यान्ड र जेबी तथा ज्ञानभूमि र एन्जल्स हार्टबीच हुनेछ ।
