काठमाण्डौ क्षेत्र नं ४ : कांग्रेस एमाले मत बचाउने र अन्य दल बढाउने रणनीतिमा …

काठमाण्डौ क्षेत्र नं ४ : कांग्रेस एमाले मत बचाउने र अन्य दल बढाउने रणनीतिमा …
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।

काठमाडौँ क्षेत्र नम्बर ४ मा चुनावी अभियान निकै तीब्र रुपमा अगाडि बढेको छ। काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरु गत निर्वाचनमा प्राप्त मतलाई बचाउने अभियानमा तीव्रताका साथ लागेका देखिन्छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मत बढाउने अभियानमा देखिएका छन्।

विगतका निर्वाचनभन्दा अलिकति फरक परिस्थिति र परिवेशमा हुन लागिरहेको यस निर्वाचन पार्टीका उम्मेदवार आफ्नो मत बढाउने र काठमाडौँ क्षेत्र नम्बर ४ मा प्रभावशाली उपस्थिति देखाउने अभियानमा रहेका छन्|

यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिना र नेकपा एमालेका उम्मेदवार डाक्टर राजन भट्टराई अहिले आफूले गत निर्वाचनमा प्राप्त गरेको मतलाई संरक्षण र बचाउने अभियानमा देखिएका छन् भने अहिलेको यो परिस्थितिमा निकै फरक मतदाताहरुको फरक र बेग्लै खालको उपस्थिति र प्रस्तुतिहरु रहेको अवस्थामा काठमाडौँ क्षेत्र नम्बर ४ को निर्वाचन एकपटक यसपटक निकै नै रोचक हुने अनुमान गरिएको छ|

त्यस्तै काठमाडौँ क्षेत्र नम्बर ४ मा विगतका निर्वाचनहरूमा गठबन्धन र अन्य कारणहरुले विभाजित रहेका नेपाली कम्युनिस्ट पार्टीका मतदाताहरु एकजुट हुँदा र उनीहरुले आफ्नै चुनाव चिन्हमा मतदान गर्दा यस क्षेत्रको नतिजामा नेपाली कम्युनिस्ट पार्टी र त्यसका उम्मेदवार गेम चेन्जर बन्न सक्ने अनुमान गरिएको छ।

त्यस्तै उज्यालो नेपाल पार्टी, अन्य दल र स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गर्ने मतले पनि काठमाण्डौ क्षेत्र नं ४ को भावी नतिजामा प्रभाव पार्ने देखिन्छ।

तपाइँको प्रतिक्रिया ।