काठमाण्डौ क्षेत्र नं ४ लाई फर्केर हेर्दा : प्राप्त मत अनुसार २०७९ मा यी उम्मेदवार थिए उत्कृस्ट पाँच

काठमाण्डौ क्षेत्र नं ४ लाई फर्केर हेर्दा : प्राप्त मत अनुसार २०७९ मा यी उम्मेदवार थिए उत्कृस्ट पाँच

कपन अनलाइन

काठमाण्डौ ,माघ ८।

२०७९ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ लाई फर्केर हेर्दा सो निर्वाचनमा उत्कृस्ट पाँचले प्राप्त गरेको मतमा नीकै ठुलो अन्तर देखिएको छ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापा निर्वाचित बनेको उक्त निर्वाचनमा नेकपा एमालेका केन्द्रीय सचिव डा. राजन भट्टराई उनका निकटतम प्रतिद्वन्दी रहेका थिए।

सो निर्वाचनमा थापाले २१३०२ मत पाएका थिए भने डा. भट्टराईले १३८५५ मत प्राप्त गरेका थिए। रास्ट्रीय स्वतन्त्र पार्टीले उम्मेदवार नदिएको उक्त निर्वाचनमा रास्ट्रीय प्रजातन्त्र पार्टीका डा. ठाकुर मोहन श्रेष्ठले ४०५० मत पाएका थिए।

त्यस्तै सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका अर्जुन कुमार प्रसाईले २३०८ मत पाएका थिए भने डा. अर्चन शमशेर राणाले १२१४ मत प्राप्त गरेका थिए।

२०८२ शालको निर्वाचनमा डा. राजन भट्टराई र अर्चन शमशेर राणा दोहोरिएका छन् भने अन्य उम्मेदवारहरु पहिलो पटक मैदानमा उत्रिएका छन।

तपाइँको प्रतिक्रिया ।