काठमाडौँ क्षेत्र नं ४ मा जय मातृभूमि पार्टीको तर्फबाट राजन पुरी चुनावी मैदानमा…..

काठमाडौँ क्षेत्र नं ४ मा जय मातृभूमि पार्टीको तर्फबाट राजन पुरी चुनावी मैदानमा…..

कपन अनलाइन

काठमाण्डौ ,माघ ७।

जय मातृभूमि पार्टीका  राजन पुरीले  काठमाडौँ निर्वाचन क्षेत्र न ४ मा उम्मेद्वारी दर्ता गराएका छन ।

आगामी फागुन  २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट युवा नेता एवं समाजसेवी पुरीले काठमाडौँ क्षेत्र न ४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका नेता राजन पूरी निकै लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् ।

युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ आफ्नो जीवन समर्पण गर्ने  आफ्नो चुनावी मुद्दा रहेको  युवा उद्यमी समेत रहेका नेता पुरीले  जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।