ओखलढुंगामा असहजतालाई अवसरमा बदल्न अस्मिता तयार ………
कपन अनलाइन
काठमाण्डौ ,माघ ७।
ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी केन्द्रीय सदस्य अस्मिता थापाले मनोनयन दर्ता गराएकी छन। ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाकी पुर्व उपप्रमुख थापा जिल्ला पार्टीमा देखिएको असहजतालाई चिर्दै चुनावी मैदानमा उत्रिएकी छन।
ओखलढुंगा जिल्लामा नेकपा एमालेका प्रभावशाली नेता यज्ञराज सुनुवार र किशोर अधिकारीको दरिलो अभिभावकत्व र साथ् पाएकी अस्मिताले यस अघि जिल्ला कमिटी उपसचिवका रुपमा काम गर्दै जिल्लामा सक्रिय नेतृको पहिचान स्थापित गरेकी छन।
जिल्लाका नेता अम्बिर बाबु गुरुङले नेकपा एमालेको आन्दोलनलाई धोका दिदै नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेद्वारी दर्ता गरे संगै नेकपा एमाले ओखलढुंगामा देखिएको निराशा र संसयलाई हटाउदै थापाले दरिलो प्रभाव पार्ने जिल्ला कमिटीका एक सदस्य बताउछन।
ओखलढुंगामा थापा संगै नेपाली कांग्रेसका कुमार लुइँटेल,रास्वपाका विश्वराज पोखरेल सहित विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन ।
