काठमाडौँ क्षेत्र नं ४ मा जय मातृभूमि पार्टीको तर्फबाट राजन पुरी चुनावी मैदानमा…..
कपन अनलाइन
काठमाण्डौ ,माघ ७।
जय मातृभूमि पार्टीका राजन पुरीले काठमाडौँ निर्वाचन क्षेत्र न ४ मा उम्मेद्वारी दर्ता गराएका छन ।
आगामी फागुन २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट युवा नेता एवं समाजसेवी पुरीले काठमाडौँ क्षेत्र न ४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका नेता राजन पूरी निकै लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् ।
युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ आफ्नो जीवन समर्पण गर्ने आफ्नो चुनावी मुद्दा रहेको युवा उद्यमी समेत रहेका नेता पुरीले जानकारी दिएका छन।फोटो सौजन्य : सर्वोच्च मिडिया
तपाइँको प्रतिक्रिया ।
