काठमाण्डौ क्षेत्र नं ४ मा डा.अर्चन शमशेर राणा स्वतन्त्र उम्मेदवार बने …….
कपन अनलाइन
काठमाण्डौ,माघ ७।
काठमाण्डौ क्षेत्र नं ४ मा डा.अर्चन शमशेर राणा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन। २०७९ शालको निर्वाचनमा पनि काठमाण्डौ क्षेत्र नं ४ बाट उम्मेदवार बनेका डा.राणाले लामो समय स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका छन।
काठमाण्डौ महानगरपालिका वडा नं १ नक्सालका स्थायी बासिन्दा उनले MD,MPH र MBBS सहित विभिन्न विशेष शैक्षिक योग्यता प्राप्त गर्नुका साथै त्रिवी शिक्षण अस्पताल र मार्क केनेडी किड्नी सेन्टरमा व्यवसायिक योगदान समेत गरेका छन।
नेपालमा स्वस्थ मृगौला स्वस्थ जीवन अभियान संचालन गरेका उनले लायन्स क्लव अफ काठमाण्डौ कर्पोरेटमा आवद्ध हुदै समाजसेवाको क्षेत्रमा पनि आफ्नो विशेष योगदान दिएका छन।
सन् २०१६ मा स्थापना भएको मार्क रिडिंग रुमका प्रवर्द्धक समेत रहेका राणाल स्वास्थ्य क्षेत्रका विभिन्न अभियान तथा कार्यक्रमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन।
