काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालले उम्मेदवार छानेन, को बन्ला कांग्रेस सभापतिको प्रतिस्पर्धी ?
कपन अनलाइन
काठमाण्डौ ,माघ ४।
नेकपा एमालेले देशका विभिन्न क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवार चयन गरेपनि काठमाण्डौ क्षेत्र नं ४ मा भने कुनै उम्मेदवार छनोट गरेको छैन। नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा दर्जन अबधि आकांक्षी रहे पनि केन्द्रीय सचिव डा. राजन भट्टराईको नाम क्षेत्रीय कमिटीले एकल सिफारिस गरेको थियो।
माघ ३ गते बसेको नेकपा एमालेको सचिवालय बैठकले काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार छान्ने अधिकार केन्द्रीय अध्यक्षलाई दिए संगै को उम्मेदवार बन्ला भन्ने चासो क्षेत्रमा निकै बढेको छ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले लगातार तिन पटक जितेको यस क्षेत्रमा विगतका दुई निर्वाचनमा डा. राजन भट्टराई उम्मेदवार रहेका थिए।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा यदि डा. राजन भट्टराई उम्मेदवार नबनेको अवस्थामा को बन्ला भन्ने चर्चा निकै बढेको छ।
तपाइँको प्रतिक्रिया ।
