ठुलो परिमाणमा गाँजा सहित बुढानिलकण्ठबाट एक जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,पुस ३०।
जिल्ला प्रहरी परिसर काठमाडौंले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित एक घरमा खानतलासी गर्ने क्रममा लागूऔषध गाँजा बरामद गरिएको हो।
खानतलासीका क्रममा बुढानिलकण्ठ नगरपालिका–३ घर भई हाल बसोबास गर्दै आएका वर्ष ४० का तारा तामाङको घरको पश्चिमतर्फको कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा ४ किलो ५०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजासँगै नगद रु. १३ हजार ६ सय समेत फेला परेको र तारा तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
निजमाथि मानसिक नियन्त्रण (लागूऔषध) ऐन अनुसार मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिएका छन ।
