मुस्कानचोक युवा समूह गठन , को को छन समितिमा ?

मुस्कानचोक युवा समूह गठन , को को छन समितिमा ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

मुस्कानचोक युवा समूहको आयोजनामा आज कागेश्वरीमा बनभोज कार्यक्रम सम्पन्न भएको छ।

मुस्कानचोक युवा भेलाले युवा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको स्पष्ट सन्देश दिदै युवा समूह गठन समेत गरेको छ।

सो समुहका  संरक्षकहरू पुन्यलाल श्रेष्ठ र मुरारी प्रसाद भण्डारीको उपस्थितिमा समुह गठन भएको जान जानकारी दिदै संरक्षक भण्डारीले युवाशक्ति नै समृद्ध टोल र सक्षम समाजको आधार रहेको बताएका छन।

को को छन समुहमा ? 

अध्यक्ष- कल्याण कार्की

उपाध्यक्ष-श्याम कार्की

सचिव-केदार दाहाल

सहसचिव-श्याम न्याैपाने

काेषअध्यक्ष- सुजता खनाल

सदस्यहरु:

विश्व तामाङ

धिरज श्रेष्ठ

राजु अधिकारी

शुशिला कार्की

सुमन अधिकारी

पेशल दाहाल

युवा समूहका सदस्य पेसल दहालले संचालन गरेको कार्यक्रमका लागि यातायात लगायत अन्य सहयोग बुढानिलकण्ठ -१२ मा रहेको प्रशान्ति एकेडेमीले गरेको थियो।

 

तपाइँको प्रतिक्रिया ।