काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका डा.राजन भट्टराई ………….!
कपन अनलाइन
काठमाण्डौ ,पुस १५।
नेकपा एमालेले यहि पुस २० गते १६५ वटै निर्वाचन क्षेत्र मार्फत प्रतिनिधि सभा सदस्यका लागि नाम सिफारिस गर्न निर्देशन दिएको छ।
११ औ महाधिवेसन सम्पन्न गरेको नेकपा एमालेले अगाडी सारेको संसद पुनर्स्थापनाको मुद्दा अदालतमा रहदा रहदै निर्वाचनको माहोल बने संगै तयारीमा होमिएको नेकपा एमालेले समानुपातिक सुची बुझाउदै प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस गर्ने तयारी गरेको हो।
यसै क्रममा काठमाण्डौ क्षेत्र नं ४ मा पनि नेकपा एमालेबाट को उम्मेदवार बन्ने ? भन्ने विषय अहिले आन्तरिक पार्टी कमिटीहरुमा निकै चर्चाको विषय बनेको छ।
२०७४ र २०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेको उम्मेदवार बनेका डा.राजन भट्टराई केन्द्रीय सचिवमा निर्वाचित भएकोमा बधाई दिन क्षेत्रीय कमिटीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा पनि उम्मेदवार र दावीका विषयमा अनौपचारिक चर्चा भएको एक सहभागीले बताएका छन।
महाधिवेसन प्रतिनिधि छनौटमा रुपमा खुल्ला भए पनि सारमा दुई पक्ष विच निर्वाचन भएको अवस्थामा विगतमा झैँ यस पटक पनि डा.भट्टराई सर्वसम्मत उम्मेदवार सिफारिस बन्छन वा अन्य कुनै आकांक्षीले पनि दावी गर्लान ? यो प्रश्न अहिले काठमाण्डौ क्षेत्र नं ४ का राजनीतिक दलमा निकै चासोको विषय बनेको छ।
लगातार चार वटा निर्वाचनमा पराजय भोगेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा यस पटक पनि डा.राजन भट्टराई नै सर्वसम्मत सिफारिस हुने दावी गर्दै एक जिल्ला कमिटी सदस्यले त्यसका लागि आन्तरिक छलफल चलिरहेको बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसबाट महामन्त्री गगन कुमार थापा सिफारिसभैसकेका छन भने रास्वपा र राप्रपा पनि आन्तरिक छलफलमा जुटेका छन।
