काष्ठमण्डप क्वाटरफाइनलमा

काष्ठमण्डप क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २६।

आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गर्ल्समा  शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५–६ ले पराजित गर्यो  । इम्पिरियल वल्र्ड स्कुलले लिटिल वन्डरलाई १२–६ ले हराउदै क्वाटरफाइनलमा पुग्यो । समूह चरणको अर्को खेलमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४–८ ले पाखा लगायो ।
ब्वाइजमा बूढानीलकण्ठले रिलायन्स को–एडलाई ४७–२६ तथा कान्तिपुरले काष्ठमण्डप ‘बी’ लाई २१–७ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।
फुटसल :
फुटसलको जुनियर ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलले इम्पिरियल वल्र्डलाई २–० गोलले पराजित ग¥यो । ग्यालेक्सी र काठमाडौं प्रज्ञाकुञ्जले १–१ तथा इम्पिरियल र प्रज्ञाकुञ्जले गोलरहित बराबरी खेले ।
गल्र्समा न्यु मिलिनियमले काष्ठमण्डप ‘ए’ लाई २–१, रातो बंगलाले न्यु मिलिनियमलाई ५–०, एभीएमले पुष्पपाञ्जलीलाई १–० र एभीएमले काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले हराए । रातो बंगला र ग्यालेक्सीले गोलरहित बराबरी खेले । सिनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले ग्यालेक्सीलाई ४–१ गोलअन्तरले पाखा लगायो ।

तपाइँको प्रतिक्रिया ।