बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य डा.राजन भट्टराई नजिक ……(!?)
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २५।
नेकपा एमालेको महाधिवेसन नजिकिदै गर्दा अहिले केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुको निकै बाक्लो उपस्थिति भैरहेको छ । देश भरका महाधिवेसन प्रतिनिधिहरु काठमाण्डौ आउनेक्रम बढ्दै गर्दा केन्द्रीय कार्यालय च्यासलमा नेताहरुको पनि बाक्लो भिड देखिन थालेको छ।
अरु समयमा कार्यकर्ताहरु संग खासै भेट्न नरुचाउने नेताहरु पनि अहिले केन्द्रमा बिहान देखि बेलुका सम्म देखिन्छन भने आसन्न निर्वाचनमा पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार बन्ने आकांक्षा राखेकाहरु पनि आइसकेका प्रतिनिधिहरुलाई फकाउन व्यस्त देखिन्छन।
यसैक्रममा नेकपा एमालेको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि बाक्लो रुपमा केन्द्रीय कार्यालय गैरहेका छन भने उनले विभिन्न नेता तथा कार्यकर्ताहरु संग अन्तरक्रिया तथा भेटघाटलाई पनि तीव्रता दिएका छन।
सो अवसरमा पोखरेलले केन्द्रीय कार्यालयमा भेटिएका विभिन्न नेताहरु संग भेटघाट गर्दै तस्विर खिच्ने क्रममा स्थायी कमिटी सदस्य तथा बाहिर खुल्ला नभनेपनि भित्र सचिव पदका आकांक्षी डा.राजन भट्टराई सहितका नेताहरु संग तस्विर खिचाउदै छलफल गरेका थिए।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य नवराज भट्टराईले सामाजिक संजालमा सार्वजनिक गरेको तस्विरमा पोखरेल र भट्टराई मुस्कान सहित नजिक देखिएका छन भने सुर्य थापा, विशाल भट्टराई र यज्ञराज सुनुवार पनि संगै रहेका छन।
