नेपाल चार्टर आधारभुत बिद्यालयलाई छात्रा फुटबलको उपाधि
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २५।
बुढानिलकण्ठ-१० मा रहेको नेपाल चार्टर आधारभुत बिद्यालयले १६ दिने अभियानको समापनको अवसर पारेर किशोरिहरुको छात्रा फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।
अखिल नेपाल फुटवल संघ (ANFA) ,चाइल्ड नेपाल र बुढानिलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा मानव अधिकार दिवस र महिला हिङ्सा बिरुद्दको १६ दिने अभियानको समापनको अवसर पारेर किशोरिहरुको छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल सातदोबाटोमा सम्पन्न भएको थियो ।
सो प्रतियोगितामा श्रीराम आधारभूत विधालय , बुढानिलकण्ठ-४ ले द्वितीय स्थान , आत्मा बिकास आधारभूत विधालय बुढानिलकण्ठ – ३ ले तृतीय स्थान र जनउद्दार मा वि बुढानिलकण्ठ-१३ ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।
