बुढानिलकण्ठ नगर बस पार्क (CITY BUSPARK ) निर्माणका लागि टेन्डर आव्हान

बुढानिलकण्ठ नगर बस पार्क (CITY BUSPARK ) निर्माणका लागि टेन्डर आव्हान

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २०।

बुढानिलकण्ठ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको नगर बस पार्क (CITY BUSPARK ) निर्माणका लागि टेन्डर आव्हान गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ को करिव २९ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो  बसपार्कको पहिलो चरणमा ६ करोड ५० लाखको लगानीमा पहिलो चरणको निर्माण हुने वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन।

हाल करिव १४ रोपनी जग्गामा विभिन्न संरचना निर्माणका लागि टेन्डर आव्हान गरिएको छ। उक्त बसपार्क निर्माण संगै नगरपालिकाको सार्वजनिक यातायात व्यवस्थापन र संचालनमा सहजता आउने विस्वास व्यक्त गरिएको छ।

तपाइँको प्रतिक्रिया ।