बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी नेपाल ह्यान्डबल संघको उपाध्यक्षमा निर्वाचित
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २०।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी नेपाल ह्यान्डबल संघको उपाध्यक्षमा निर्वाचित भएका छन। पोखरामा भएको रास्ट्रीय सम्मेलनबाट संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमल्सिना निर्वाचित भएका छन।
लामो समयदेखि ह्यान्डबल संघमा सक्रिय रहेका अधिकारीले यस अघि केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा ह्यान्डबलको मैदान निर्माण गर्न रामकृष्ण केसी संगै महत्वपूर्ण भूमिका निर्वाह गरेका नगर प्रमुख अधिकारीले आगामी दिनमा प्रतियोगिता र खेलाडी उत्पादनमा सो मैदान प्रयोग गरिने बताउदै आएका छन।
केहि समय अगाडी उदघाटन गरिएको कपन स्थित मैदानमा हाल सम्म ह्यान्डबलका कुनै पनि रास्ट्रीय तथा अन्तरास्ट्रीय प्रतियोगिता आयोजना नभएको भन्दै स्थानीय तथा खेलाडीहरुको नगर प्रमुख नेतृत्वमा पुग्दा अबका दिनमा प्रतियोगिता तथा गतिविधि हुने विस्वास व्यक्त गरेका छन।
