पेट्रोलियम पदार्थको कालोबजारीमा प्रहरीको संलग्नताबारे छानबिन सुरु

काठमाडौँ, ११ कात्तिक ।    पेट्रोलियम पदार्थको कालोबजारीमा नेपाल प्रहरीको संलग्नताबारे सामाजिक सञ्जालमा आएको सूचनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन अगाडि बढाएको जनाएको छ ।

जर्किनमा रहेको पेट्रोलियम पदार्थ प्रहरीको गाडीमार्फत राजधानीको एक होटलमा झार्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आज प्रहरीले यस सम्बन्धमा छानबिन भइरहेको आफ्नो ट्वीटरमार्फत जनाएको हो ।

तपाइँको प्रतिक्रिया ।