दुई माओबादी पार्टी बीच एकता

काठमाडौं, ११ कात्तिक । मोहन बैद्य “किरण “नेतृत्वको नेकपा–माओवादीसँग परी थापा नेतृत्वको नेकपा (एकीकृत) एकीकरण  हुने भएको छ ।

दुई पार्टीको वार्ता टोली र शीर्ष नेतृत्वमा भएको छलफल र वार्तापछि नेकपा–माओवादीमा नेकपा (एकीकृत)बीच पार्टी एकता हुन लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टीबीच मंगलबार काठमाडौंमा भएको वार्तामा नेकपा–माओवादी र नेकपा (एकीकृत) बीच पार्टी एकता गर्ने सहमति भएको हो ।

‘संयोजन समितिको बैठक बसी आधारभूत वैचारिक तथा राजनीतिक विषयहरूमा समान धारणा बनेकोले दुवै पार्टीबीच पार्टी एकता गर्ने निर्णय गरियो’, मोहन बैद्य र परी थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सोहीअनुसार केन्द्रीय रूपमा पार्टी एकता अधिवेशन यही कात्तिक २२ गते काठमाडौंमा आयोजना गर्ने निष्कर्षमा पुगेको जनाइएको छ । विभाजित माओबादी पार्टीहरु एक हुने , येस्लाई पहिलो  खुड्किलो को रुपमा लिइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।