रिलायन्स साहित्य समाजद्वारा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ र युवाकवि सुदेश सत्याल सम्मानित
कपन अनलाइन
काठमाडौं ,मंसिर १७ ।
रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गत २०६६ मा स्थापित रिलायन्स साहित्य समाजले यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा। जगत् उपाध्याय ‘प्रेक्षित’ र रिलायन्स युवा प्रतिभा सम्मान युवाकवि एवम् नेसंविका उप प्राध्यापक, श्री नारायण ९सुदेश० सत्याललाई प्रदान गरेको छ ।
रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर “राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम” आयोजना गर्दै आएकोमा यस वर्ष मिति २०८२र०८र१२ गते शुक्रबार स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व एक सिद्धहस्त कवि, समालोचक तथा कुशल सम्पादकका रुपमा सुपरिचित प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’लाई रिलायन्स साहित्य स्रष्टा सम्मान तथा एक प्रखर र मेधावी युवा कविका रुपमा सुपरिचित श्री नारायण (सुदेश) सत्यालज्यूलाई रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरेको छ ।
वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्रा। डा। श्री गङ्गाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ रू। ३५,००५।– राशिको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरियो । त्यसैगरी युवा कवि सुदेश सत्यालज्यूलाई १५,००५।– राशिको रिलायन्स युवा प्रतिभा सम्मान अर्पण गरिएको छ ।
रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जंग थापाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा रिलायन्स शैक्षिक प्रतिष्ठानका संचालक सदस्य राजुकुमार सिवाकोटी, रिलायन्स साहित्य समाजका अध्यक्ष तथा रिलायन्स शैक्षिक प्रतिष्ठानका र संचालक सदस्य दामोदर निरौला, रिलायन्स शैक्षिक प्रतिष्ठानका संचालक सदस्य तथा रिलायन्स कलेजका सहायक सहायक प्राचार्य श्री नन्दु प्रसाद कुशवाहा लगायत नेटवर्क अन्तर्गतका विद्यालयहरुका प्रधानाध्यापक, संयोजक, शिक्षक, विद्यार्थी तथा रिलायन्स साहित्य समाजका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
रिलायन्स इन्टरनेसनल एकेडेमीको सभा हलमा वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्रा. डा. श्री गङ्गाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार प्रा. डा. हेमनाथ पौडेल, वरिष्ठ साहित्यकार, समालोचक, मानव अधिकारकर्मी, राजनीतिक विश्लेषक श्री पुरुषोत्तम दाहाल, कवि कलानिधि दाहाल, कवि बलराम दाहाल, कपन–बानेश्वर साप्ताहिक पत्रिकाका सम्पादक श्री निबन्ध आचार्य, पत्रकार, लगायत स्थानीय बुद्धिजीविहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन रिलायन्स साहित्य समाजका सचिव श्रीधरप्रसाद पौडेलले गरेका थिए ।
वि।सं। २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मानबाट विभिन्न व्यक्तित्वहरु सम्मानित भइसक्नु भएको छ । काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा केशब भट्टराई, देवु लुईटेल, सबिता बराल, कल्पना अधिकारी, सुधा मैनाली, सन्तोष श्रेष्ठ, बलराम दाहाल लगायत कविहरूले आफ्नो रचना वाचन गरेका थिए ।
रिलायन्स साहित्य समाजद्वारा आयोजित मङ्सिर ११ ‘सोह्रौँ देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता’मा सहभागी ३६ विद्यालयहरूबाट उत्कृष्ट ५ वक्ताहरू छानिएका थिए र उनीहरुले कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच आ-आफ्नो प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा गोकर्णेश्वर लाइट एकेडेमीकी निकिषा थापा प्रथम, रिपुमर्दनी सैनिक महाविद्यालयका छात्रा मेलिशा कार्की, द्वितीय, घटराज मेमोरियल स्कुलका छात्रा श्रमिका लुइँटेल तृतीय एवम् नेपाल वेद विद्याश्रमका छात्र सदाशय गौतम तथा श्री कान्ति भैरव गुरुकुलका छात्र पुष्प खरेलले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका थिए । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति तथा रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्र जंग थापाले श्रष्टाहरुको माया र आशीर्वाद रिलायन्स शैक्षिक प्रतिष्ठानलाई रहेको बताउदै सम्पूर्ण उपस्थितमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको निरन्तरता गर्न संस्थालाई हौसला पुगेको बताएका थिए ।
