काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा उद्धव खरेल

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा उद्धव खरेल

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १३।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्धव खरेल महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा ओर्लिएका छन।

आज हुने काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि छनौट निर्वाचनमा क्षेत्रको राजनीतिमा प्रभावशाली मानिएका खरेल ओर्लिए संगै रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

नेकपा एमालेको ११ औ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधिमा उम्मेद्वारी दिएका खरेल बुढानिलकण्ठ नगरपालिकाका प्रथम नगर प्रमुख समेत हुन्।

नेकपा एमालेको इकाई स्तर देखि प्रदेस तह सम्मको संगठनात्मक अनुभव रहेका खरेल काठमाण्डौ क्षेत्र नं ४ को प्रमुख रहेर काम गरिसकेका नेता हुन।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक चपली गाउँ विकास समितीको अध्यक्षमा निर्वाचित भएका खरेल बुढानिलकण्ठ नगरपालिका वडा नं २ का स्थायी बासिन्दा हुन।

 

तपाइँको प्रतिक्रिया ।