कपनका युवाहरुको बुढानिलकण्ठ प्रहरी प्रभागलाई विभिन्न सामाग्री सहयोग

कपनका युवाहरुको बुढानिलकण्ठ प्रहरी प्रभागलाई विभिन्न सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १०।

बुढानिलकण्ठ नगरपालिका जन्म स्थान भै हाल अस्ट्रेलियामा रहेका कपनका युवाहरुले बुढानिलकण्ठ प्रहरी प्रभागलाई विभिन्न सामाग्रीहरु सहयोग गरेका छन।

हाल अस्ट्रेलियामा रहेका बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपनका सुशील अधिकारी ,अशोक देउजा र समिर लामाले प्रहरी प्रभाग बुढानिलकण्ठलाई ब्यारिकेट र अग्नि नियन्त्रक यन्त्र सहयोग गरेका हुन्।

Gen Z आन्दोलन पछिको विषम परिस्थितिमा सामाजिक उत्तदायित्व बहन गर्दै कपनका युवाहरुले प्रदान गरेको सहयोग उनीहरुका पिताजीहरुले प्रहरी प्रभाग बुढानिलकण्ठलाई हस्तान्तरण गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।