नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने सुमन तामाङको तयारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने सुमन तामाङको तयारी गरेका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका तामाङले नेकपा एमालेको ११ औ महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गर्ने तयारी गरेका हुन।
२०५४ सालमा साविक महांकाल गाविस वडा नं ६ को अध्यक्षमा निर्वाचित भएका उनले २०७४ सालमा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ को अध्यक्षमा निर्वाचित भएका थिए।
हाल बुढानिलकण्ठ नगर खेलकुद बोर्डको संयोजक रहेका तामाङले महाधिवेसन प्रतिनिधिमा निर्वाचित गर्नका लागि सहयोग गरिदिन सम्पूर्ण सदस्यहरुमा अनुरोध गरेका छन।
तपाइँको प्रतिक्रिया ।
