काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेसन प्रतिनिधि मनोनयन दर्ताको स्थान फेरियो,भोलि जिल्ला कमिटी कार्यालयमा हुने
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले महाधिवेसन प्रतिनिधि छनौटको व्यवस्थापन अन्तिम चरणमा पुर्याएको छ।
काठमाण्डौ जिल्ला कमिटीको कार्यतालिका अनुसार मङ्सिर १० गते हुने मनोनयन दर्ताका लागि काठमाण्डौ क्षेत्र नं ४ को कार्यालय चाबहिल गणेशस्थानमा व्यवस्थापन गरिएकोमा स्थान अभावका कारण जिल्ला कमिटीको कार्यालयमा तय गरिएको क्षेत्रीय संयोजक राजन कुमार पोखरेलले जानकारी दिएका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको कार्यालय धोवीखोला कोरिडोर ( ओम अस्पतालको अगाडी ) रहेको छ।
यस्तो छ मनोनयन दर्ता कार्यतालिका :
१) मतदाता नामावली प्रकाशन मंसीर ९ गते
२) प्रतिनिधि उम्मेदवारी मनोनयन दर्ता मंसीर १० गते समय दिउँस १२ बजे देखी ४ बजे सम्म
३) प्रतिनिधि उम्मेदवारी फिर्ता १२ गते दिउसो ३ बजे सम्म
४) अन्तीम उम्मेदवारी नामावली प्रकाशन १२ गते दिउँसो ४ बजे
५) मतदान १३ गते बिहान ९ बजे बाट दिउँस ३ बजे सम्म
तपाइँको प्रतिक्रिया ।

