बयान :गोपाल सङ्रौला (लघुकथा)

बयान :गोपाल सङ्रौला (लघुकथा)

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

“तिमीले बयान फेर्नै पर्छ, नानी ! ठुला मान्छेलाई जधन्य अपराधीका ताँतीमा उभ्याउन पाइदैन ।” शारदाको मुखमामा लालालाल आँखाले हेर्दै नगर प्रमुखले भनिन् ।
“अब म अदालतको शरणमा परेँ । दिदी, मेरो बाटो नछेकिदिनु होला ।” शारादाले छोटो जवाफ दिइन् ।
“यदि तैँले तेरो बयान सच्याइनस् भने तेरी आमालाई मार्ने भएका छन् । आमालाई गुमाउछेस् कि बयान फेर्छेस् ?” पैसा मुखीले हप्काई ।
सानी १३ वर्षीया बालिका बलात्कार जस्तो जघन्य समस्यामा फसी । मन्त्रीपुत्रले उसको सौन्दर्य न चाटी छोडेन । त्यो अपराधी गाउलेका सक्रिय पहलमा समातियो । बलात्कृत बालिकाका मुहारमा न्यायाधीशले आफ्नै छोरीको छवि देख्यो । अतः मन्त्री पुत्रलाई १२ वर्ष जेल र १० लाख जरिवाना सुनाइयो तर तुरून्तै पीडितको बयान फेरियो । अपराधी छुट्यो ।सारा महिलागण अपराधीको स्वागत गर्न पुष्पमाल्य बोकेर अदालततर्फ गए । एउटी नारीले सबैको ध्यानाकर्षण गर्दै भनिन्–“यो समाजका स्वास्नीमान्छेहरू विवेकहीन रहेछन् । एउटा अपराधीले उन्मुक्ति पाउदा नारीहरूले खुसीयाली न मनाउनु पर्ने हो ।”
पीडित बालिकाले चिच्च्याउदै भनिन् “मलाई खाने बाघले तिमीहरूलाई चैँ बाँकी राख्ला ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।