शिन र सुमनको जोडी अन्तिम आठमा
कपन अनलाइन
काठमाण्ड,कार्तिक ३०।
नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५ औं यल कपको पुरुष युगल तर्फ अन्तिम आठमा स्थान सुरक्षित बनाउन सफल भएका छन् । उक्त जोडीले कोन्टिका निर्जन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । यस्तै नागबहालकै सुमित शाक्य र सुशन शाक्यको जोडी पनि आफ्ना प्रतिद्वन्दि धौवहालका योमेश डङ्गोल र सिद्धार्थ महर्जनको जोडीलाई १८–२१, २१–१६, २१–१७ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका छन् । अन्तिम आठमा प्रवेश गर्ने क्रममा सुबहालका रमन महर्जन र अमन शाक्यको जोडीले भुबहालका बाबुराजा बज्राचार्य र बिजय बज्राचार्यको जोडीलाई २१–११, २१–१४, प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको जोडीले मनिडाउनका जगदिश महर्जन र सुजन शाक्यको जोडीलाई २१–१७, १९–२१, २३–२१, ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीले नागबहालका सम्यक शाक्य र सुगल शाक्यको जोडीलाई २१–१९, २१–१४, चाकुपाटका सुमन शाक्य र सुशिल शाक्यको जोडीले अग्निशालका अनुप बस्नेत र सुजीप महर्जनको जोडीलाइृ २१–८, २१–१६, नागबहालका पुजन शाक्य र श्रवण शाक्यको जोडीले चुसिकाका सौर्य महर्जन र हखाका रुकेश शाक्यको जोडीलाई १६–२१, २१–१५, २१–१२ र दथुँलका राजु बज्राचार्य र सुमित महर्जनका जोडीले नागबहालका आयुष धाख्वा र संजय शाक्यको जोडीलाई २१–१४, २१–६ ले पराजित गरेका हुन् ।
ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको मास्टर ४५ बर्ष माथिको प्रतिस्पर्धामा भुबहालका बाबुराजा बज्राचार्य र बिजय बज्राचार्यको जोडीले ओकुबहालका भुवन शाक्य र बिकाश शाक्यको जोडीलाई २१–६, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् । यस्तै पिन्छेंका राजेश महर्जन र राजु महर्जनको जोडी पनि आफ्नो प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिमा आठमा स्थान पक्का गर्न सफल भए । उक्त जोडीले भिन्छेंबहालका प्रदीप बज्राचार्य र रुपेश बज्राचार्यको जोडीलाई २३–२१, २१–१० ले पराजित गरेका हुन् । यस्तै ओकुबहालका अमिर शाकय र बिनोद शाक्यको जोडीले धौबहालका राजेन्द्र बज्राचार्य र स्वंभु राज बज्राचार्यको जोडीलाई २१–११, २१–१७ ले, भिन्छेंबहालका अनिल बज्राचार्य र सुगत रन्त शाकयको जोडीले नागबहालका प्रविन शाक्य र सुदिम शाक्यको जोडीलाई २१–१७, २१–९ले, ओकुबहालका शान्ता डङ्गोल र स्वदेश शाक्यको जोडीले इखा टोलका रुपेन मान राजकर्णिकार र हिमाल लाल ताम्राकारको जोडीलाई २१–१४, २१–१४ ले, मनिडाउनका जगदिश महर्जन र नविन महर्जनको जोडीले नागबहालका शान्ता शाक्य र सुमन शाक्यको जोडीलाई २१–१०,२२–२० ले, ओकुबहालका बिक्रम शाक्य र ज्ञानमुनी शाक्यको जोडीले मंगल बजारका किशोर ब्याञ्जनकार र बिरेन्द्र लाल श्रेष्ठको जोडीलाई २१–१४, २१–१५ ले र गुईटोलका गौतम महर्जन र कपिल महर्जनको जोडीले प्रयाग पोखरीका राजेश बज्राचार्य र सुरेश बाराहीको जोडीलाई २१–१८, २१–१३ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।
प्रतियोगितामा पुरुष युगल, महिला एकल, ब्वाईज यु–१५ एकल, मिक्स युगल र मास्टर ४५ बर्ष माथि गरि ५ विधामा प्रतिस्पर्धा भईरहेको छ । पुरुष युगलका बिजेताले नगद ५० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपबिजेताले नगद २५ हजार र तेश्रो स्थान प्राप्त गर्ने दुईले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै ब्वाइज यु–१५ को बिजेता, उपबिजेता र तेश्रो स्थान प्राप्त गर्नेहरुले क्रमश २५ हजार, १५ हजार र ५ हजार, महिला एकल तर्फ १५ हजार, १० हजार र ५ हजार, मास्टर ४५ बर्ष माथि तर्फ २० हजार, १० हजार र ५ हजार तथा मिक्स युगल तर्फका बिजेता, उपबिजेता र तृतीय स्थान प्राप्त गर्नेले नगद २५ हजार १५ हजार र ५ हजारका साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता बुधबार सम्म संचालन हुनेछ ।
