श्री महांकाल जनजागृत माध्यमिक विद्यालय बुढानिलकण्ठ-८ मा शिक्षक आवस्यकता !

श्री महांकाल जनजागृत माध्यमिक विद्यालय बुढानिलकण्ठ-८ मा शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्ड,कार्तिक ३०।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको  श्री महांकाल जनजागृत माध्यमिक विद्यालय, गोल्फुटारले नेपाली विषयका शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयमा माध्यमिक तह (नगर शिक्षक) को एक पद रिक्त रहेकोले योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन मागिएको विद्यालयले जानकारी दिएको छ।

विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार दरखास्त दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ। शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट नेपाली विषयमा स्नातक तह उत्तीर्ण गरी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

दरखास्त शुल्क रु. १,००० तोकिएको छ।
दरखास्त दिने अन्तिम मिति २०८२/०६/०३ कार्यालय समयभित्र रहेको छ।

छनोट प्रक्रिया लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत गरिनेछ।
लिखित परीक्षा मिति २०८२/०६/०४ बिहान ८:०० बजे तय गरिएको छ।

उम्मेदवारले दरखास्त फाराम, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्र प्रतिलिपि, पासपोर्ट साइज़ फोटो दुई प्रति तथा अध्यापन अनुमतिपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने विद्यालयले जनाएको छ।

अधिक जानकारीका लागि विद्यालयका फोन नम्बर ०१–४३७३२७२, ९८४९५२३३०३, र ९८१८०००९२५ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

तपाइँको प्रतिक्रिया ।