शिरीषको छायाँमा गणितको प्रश्न : हेमन्तनाथ (कविता )

शिरीषको छायाँमा गणितको प्रश्न : हेमन्तनाथ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १५।

शिरीषको छायाँ, तिम्रानयनजस्तै
अलिकमधुरो, अलिक रहस्यमय
गणितको प्रश्नझैँ तिम्रो प्रेम,
सजिलो उत्तर खोज्दा पनि,
बल्झिन्छ सधैँ, अनुत्तरित रहन्छ कहिलेकाहीँ
फूलहरूको बास्ना, तिम्रो हाँसोको धुन,
तर काँडाहरू पनि छन्, त्यो पनि म जान्दछु ।
डर लाग्छ मलाई, दिनदिनै
यो प्रेमहो कि एउटा जटिल समीकरण,
जहाँ ‘ह’ को मानखोज्दा, हराउँछ यो मन
तिम्रो नजिकआउँदा गुरुत्व बढ्छ,
टाढा हुँदाअस्तित्व मेरो खस्किन्छ ।
यो प्रेम सिद्धान्त हो कि भ्रम?
सत्यपत्तालगाउन, म गर्छु निरन्तर श्रम
सम्बन्धहाम्रो एउटा अपरिमेय संख्या,
अन्त्यनभएको, अनन्तसम्म फैलिएको यात्रा
डर लाग्छ, तर माया छ अथाह
तिम्रो साथबिना,
लाग्छ म एक्लो र बेसहारा !!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।