भालुको पित्तजस्तो देखिने बस्तु सहित गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारबाट २ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ११।
अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारबाट दुई जना पक्राउ परेका छन।
ओसारपसार गरीखरिद बिक्री गर्न बोकी हिंडेको भन्ने विशेष सूचनाको आधारमा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम तथा नियन्त्रण लागि केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका वडा नं.६ बस्ने वर्ष २५ को रमेश बहादुर शाही र जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका वडा नं.६ बस्ने बर्ष २८ को कृष्ण बहादुर शाहीलाई पक्राउ गरेको छ।
भालुको पित्त जस्तो देखिने आखेटोपहार थान-२ (दुई), तत्काल तौल गर्दा ५६८ ग्राम (पाँच सय अठ्सठ्ठी ग्राम) सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाईएको छ।
तपाइँको प्रतिक्रिया ।
