श्री प्रभात माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको माग !

श्री प्रभात माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको माग !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३ ।

मकवानपुर जिल्लाको बकैयामा अवस्थित श्री प्रभात माध्यमिक विद्यालय, बकैया–५, श्रीपुर ले विज्ञान शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले बकैया गाउँपालिकाको २०८२ असोज २९ गतेको पत्र र विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार रिक्त पदमा करार शिक्षक नियुक्त गर्नका लागि आवेदन माग गरेको हो।

सूचना अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सक्नेछन्।

पद विवरण

  • विज्ञापन नं.: ०१/०८२/०८३

  • पद: विज्ञान शिक्षक

  • संख्या: १ (एक) जना

  • तह: माध्यमिक तह, तृतीय करार, प्रदेश अनुदान

  • दरखास्त शुल्क: रु. १,०००/-

  • शैक्षिक योग्यता: सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण (माथिल्लो योग्यता भएकालाई प्राथमिकता)

  • परिक्षा प्रकार: लिखित तथा मौखिक

  • सेवा सुविधा: अनुदान कोटाको नियमानुसार

  • उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

  • दरखास्त दिने अन्तिम मिति: २०८२/०७/१४

  • सम्पर्क मिति: २०८२/०७/१५

  • परिक्षा मिति: पछि सूचित गरिने

आवश्यक कागजातहरू

  • नेपाली नागरिकताको प्रतिलिपि

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

  • अध्यापन अनुमति पत्रको प्रतिलिपि

  • हस्तलिखित निवेदन

विद्यालयले शिक्षक सेवा आयोगबाट लिखित परीक्षा पास गरी करार सूचिमा रहेका उम्मेदवारलाई पनि आवेदन दिन अनुरोध गरेको छ।

सम्पर्क विवरण

श्री प्रभात माध्यमिक विद्यालय
बकैया–५, श्रीपुर, मकवानपुर
फोन: ९८४५४९७०४५, ९८४५४९७२६९, ९८४५४९६६९१


विद्यालयका प्रधानाध्यापक धन बहादुर लामाका अनुसार योग्य उम्मेदवारहरूले तोकिएको समयभित्र आवेदन दिएमा छनोटपछि नियुक्ति प्रदान गरिनेछ।

तपाइँको प्रतिक्रिया ।