पाणिनी गाउँपालिकामा विभिन्न पदका लागि कर्मचारी माग

पाणिनी गाउँपालिकामा विभिन्न पदका लागि कर्मचारी माग

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ३ ।

पाणिनी गाउँपालिका, दुर्गाफाँट अर्घाखाँचीले विभिन्न सेवाका करार पदहरूमा कर्मचारीहरू नियुक्त गर्न आवेदन आह्वान गरेको छ। गाउँपालिकाको २०८२ असोज २९ गतेको निर्णय अनुसार खाली रहेका पदहरूमा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरिएको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सक्नेछन्।

खाली पदहरू

क्र.सं. सेवा पद तह संख्या
करार पशु चिकित्सक स्थानीय सेवाको सातौँ तह
करार सब-इन्जिनियर स्थानीय सेवाको पाँचौँ तह
करार अ. सब-इन्जिनियर स्थानीय सेवाको चौथो तह

न्यूनतम योग्यता

  • पशु चिकित्सक पदका लागि: मान्यता प्राप्त शैक्षिक संस्थाबाट बी.भि.एस.सी., एम.भि.एस.सी. वा सो सरह उत्तीर्ण।

  • सब–इन्जिनियर पदका लागि: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल इन्जिनियरिङमा प्रमाणपत्र तह वा सो सरह।

  • अ.सब–इन्जिनियर पदका लागि: प्राविधिक एस.एल.सी./एस.ई.ई. वा सो सरह उत्तीर्ण गरी सिविल इन्जिनियरिङ सम्बन्धी तालिम लिएको।

अन्य योग्यता

  • उम्मेदवार नेपाली नागरिक हुनुपर्ने।

  • उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको)।

  • कुनै आपराधिक अभियोगमा संलग्न नभएको।

दरखास्त बुझाउने विवरण

  • स्थान: पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफाँट, अर्घाखाँची

  • अन्तिम मिति: २०८२/०७/२० गते कार्यालय समयभित्र

  • दरखास्त शुल्क:

    • पशु चिकित्सकका लागि – रु. १,०००/-

    • सब–इन्जिनियरका लागि – रु. ७००/-

    • अ.सब–इन्जिनियरका लागि – रु. ५००/-

छनौट प्रक्रिया:

लिखित परीक्षा र अन्तर्वार्ता

सम्पर्क:

पाणिनी गाउँपालिका, दुर्गाफाँट, अर्घाखाँची
फोन: ९८५७०५४१२५, ९८५७०५४१२६
Email: ito.panini@gmail.com

तपाइँको प्रतिक्रिया ।